भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

काठमाडौँ । घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी केभिन अविनोले १५ रन बनाइन भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् ।
बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिईन भने कप्तान रुबीना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक ÷एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

 


Thali Mobile Pvt.Ltd.