भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चन्द्रागिरीमा गिरीको अग्रता

चन्द्रागिरीमा गिरीको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ । आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।हालसम्म चन्द्रागिरीका पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । जम्मा गणना भएकामध्ये नगरप्रमुखमा एक हजार ५४१ र उपप्रमुखमा चार हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालय चन्द्रागिरीले जनाएको छ । कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकोमा यो स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।

 


Thali Mobile Pvt.Ltd.