भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजवंशी भेला फागुन पहिलो साता

राजवंशी भेला फागुन पहिलो साता

विराटनगर । ‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ । आगामी फागुन ६ गते हुने सो बृहत् भेलामा राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य मान्यता स्थापित गराउन सामूहिक आवाज उठाउने समितिका अध्यक्ष भुवनेश्वर मण्डलले आज यहाँ पत्रकार सम्मेलनमा जनकारी गराउनुभयो ।

विराट राजवंशी समुदायको यो १४औँ भेलामा महाभारतकाल मत्स्य देशको विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी यस समुदायका मानिसले अधिकार र अवसरबाट वञ्चित भइरहेकाले भेलामा घनिभूत आवाज उठाउने अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।

उहाँले पूर्वी तराईको पहिलो जातिको रुपमा चिनिएको विराट राजवंशी समुदाय आदिवासी जनजातिमा सूचीकृत नहुनु दुःख लागेको चर्चा गर्दै राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो । उहाँले पत्रकार सम्मेलनमा विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने र प्रदेश नं १ को नाम विराट प्रदेश हुनुपर्ने हाम्रो माग हो भन्नुभयो । भेलामा यस क्षेत्रका करीब ५० हजार राजवंशी भेला हुने बताइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.