भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजीनामा नदिने अडानमा प्रधानमन्त्रीले, ‘बरु संसदमा फेस गर्छु’

राजीनामा नदिने अडानमा प्रधानमन्त्रीले, ‘बरु संसदमा फेस गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय अन्तत सर्वोच्व अदालतले बदर गरिदिएको छ । अदालतले प्रतिनिधसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले विधिको शासन मान्ने बताएका छन् ।

सर्वोच्वले निर्णय बदर गरेपछि अब प्रधानमन्त्रीले के गर्लान् भन्ने चासो बढेको छ । सडकमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने नारा लागिरहेका बेला प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाले राजनीतिक समस्या हल नगर्ने प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । सर्वोच्चको निर्णय आएसँगै नेकपा प्रचण्ड–माधव पक्ष र कांग्रेसका नेताले ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने कडा प्रतिक्रिया दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.