भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।सो अवसरमा ट्रष्टका अध्यक्ष राईले कोभिड महामारीको समयमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न संस्थाले सरकारी अस्पतालमा भेन्टिलेटर सहयोग गरेको बताउनुभयो । उहाँले संस्थामार्फत नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा ९एमाले०का केन्द्रीय सदस्य शाक्यले अस्पताललाई भेन्टिलेटर सहयोग गरेकामा धन्यवाद दिँदै कोभिडपछि पनि भेन्टिलेटर अस्पतालका लागि अति उपयोगी हुने बताउनुभयो । सहयोग हस्तान्तरण गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले अस्तालमै आएर स्वास्थ्य सामग्री प्रदान गरेको जनाउँदै ट्रष्टका अध्यक्ष राईलाई धन्यवाद दिनुभयो ।यसैबीच राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ । सो सेवा सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म रु एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने छन् ।

पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा रु पाँच हजार, ओपिडीमा रु दुई हजार ५०० र भर्ना भएमा रु १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ ।एकै पटकमा बिरामीले रु एक लाखको औषधि उपचार भने गर्न नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा पाउने लक्षित समूहमा गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्ने छ ।

उपचार गर्न आउनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताउनुभयो ।सो एकाइको उद्घाटन गर्दै उहाँले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब रु एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजतका लागि उपमहानगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।

 


Thali Mobile Pvt.Ltd.