भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

जेनजी आन्दोलनकै बीचमा देशभरका कैदी फरार

जेनजी आन्दोलनकै बीचमा देशभरका कैदी फरार

पर्वत, २६ भाद्र ।  ‘जेनजी’ पुस्ताको आन्दोलनको फाइदा उठाउँदै देशभरका विभिन्न कारागारहरूबाट कैदी बन्दीहरू फरार भइरहेका छन्। यसले समुदायमा थप त्रास फैलिएको छ।

प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियार, लुटपाट तथा हिंसात्मक गतिविधि गर्नेहरूको संलग्नता देखिन थालेपछि समाज असुरक्षित बन्दै गएको प्रहरीको भनाइ छ। यस क्रममा कास्की, पर्वत, म्याग्दीलगायतका जिल्लाका कारागारहरूबाट समेत कैदी भागेका छन्।

कतिपयले भित्रैबाट मौकाको फाइदा उठाए भने कतिपयलाई बाहिरबाट सहयोग पुर्‍याइएको प्रहरीको अनुमान छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पक्राउ परेका भागेका कैदीहरू उच्च मनोबलका साथ प्रस्तुत भइरहेका छन्।

“उनीहरूले गर्वका साथ भन्थे – हामी कारागार तोडेर भागेका हौँ,” उनले बताए। अपराधीहरूको व्यवहारमा कुनै पश्चात्ताप नदेखिएको र झन् बहादुरीको काम गरेको जस्तो अनुभूति पाइएका उनले बताए।

अहिले यस्तै खालका करिब १० हजार कैदी फरार रहेको अनुमान छ। उनीहरू समाजमा जुनसुकै किसिमको हिंसा र अपराध गर्न सक्ने भएकाले प्रहरीसहित नागरिक पनि सचेत रहनुपर्ने डि.एस.पी विष्टले आग्रह गरे।

समुदायमा नयाँ मान्छे देखिए वा शङ्कास्पद गतिविधि भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ। प्रहरीको भनाइअनुसार सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ।

पर्वत प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकाहरूलाई स्वैच्छिक रूपमा नजिकको प्रहरी कार्यालय वा चौकीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। नआए आवश्यक बल प्रयोग गरी नियन्त्रणमा लिइने चेतावनी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.