भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

राष्ट्रपति पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधवार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन ।

विधेयक प्रमाणीकरण भएको संकेत गर्दै राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले भने, ‘प्रमाणीकरण हुने कुरा हो । यसबारे केही बेरमा विज्ञप्ति आउँछ ।’ यसअघि सरकारले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको थियो ।

गत शुक्रवारको मन्त्रिपरिषद् बैठकले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसँग आग्रह गर्ने निर्णय गरेको थियो । संसद्‍को दुवै सदनबाट प्रमाणीकरणका लागि विधेयक शीतल निवास पुगे पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तर, तत्कालीन राष्ट्रपति भण्डारीले संसद्लाई फिर्ता पठाएकी थिइन् ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.