भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी गु्रपको साथ

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी गु्रपको साथ

काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि यू–१९ को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक रु ७० लाख उपलब्ध गराउने छ ।

हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । यस सम्झौतासँगै अब नेपाली यू –१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी गु्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.