राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको सपथ आज

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको सपथ आज

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण हुने भएकाे छ ।

बिहान साढे नौ बजे  आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल, सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलगायतले सपथ लिदैछन् । देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय भएकाले यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन्

 


Thali Mobile Pvt.Ltd.