काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक दिउँसो २ बजेपछि बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका नेताले जानकारी दिए ।
क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन समय बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १६ मा हुने कांग्रेस महाधिवेशन प्रभावित हुने अवस्था आएको छ ।
