भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरु निर्वाचन आयोग जादै

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरु निर्वाचन आयोग जादै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।

निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था मिलाउन लागेको आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले दर्ताको लागि निवेदन दिइसकेका छन् ।

कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले आज दर्ताको लागि आयोगमा जाने तयारी थालेका छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने आयोगको तयारी छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत नियुक्ति गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.