भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रियल म्याड्रिडको पूनरागमन जित

रियल म्याड्रिडको पूनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो । रियलका लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले एक एक गोल गरे । सेभियाका लागि भने राफा मिरले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरी गोल फर्काए । त्यसपछि ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक रहेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ । पराजित सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.