भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

लक्षण देखिएकालाई सरकारी अस्पतालमा पीसीआर निःशुल्क परीक्षण

लक्षण देखिएकालाई सरकारी अस्पतालमा पीसीआर निःशुल्क परीक्षण

काठमाण्डौ । पीसीआर परीक्षण शुल्क घटाउने तयारी सरकारले गरेको छ । परीक्षण निःशुल्क गर्न आवाज उठिरहेकाले सरकारले शुल्क घटाउने तयारी गरेको जनाइएकोछ । पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने, विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, मन्त्रालयले जनाएको छ ।

सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ । शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन् । तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान स्वास्थ्य मन्त्रालयले सुझव दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.