भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

कर्मचारीमा संक्रमण, नागरिकता वितरणलगायतका काम स्थगित

कर्मचारीमा संक्रमण, नागरिकता वितरणलगायतका काम स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीमा संक्रमण बढेपछि नागरिकता वितरणलगायतका काम स्थगित भएको हो । जस अनुसार अब नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणका काम स्थगित गरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि लागू हुनेगरी सेवा कटौती गरेको जनाएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका बाहेक अन्य सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।राहदानी विभागले पनि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएका बाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.