भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लापरवाहीका कारण दश वर्षपछि बल्ल तिनाउ पुलले पूर्णता पाउदै

लापरवाहीका कारण दश वर्षपछि बल्ल तिनाउ पुलले पूर्णता पाउदै

रुपन्देही । मणिग्राम र मोतिपुर जोड्ने पक्की पुलको निर्माणको कार्य १० वर्षपछि फेरि सुरु भएको छ । लुम्बिनी परिक्रमा अन्तर्गत तिनाउ नदीमा बन्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो ।

फेरी एक वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएपनि विश्वास भने स्थानीयले गर्न सकेका छैनन् । निर्माणको काम दुई वर्षदेखि ठप्प रहेकाले वैकल्पिक डिजाइन मार्फत मङ्गलबार देखि सुरु भएको इञ्जिनियर दुर्गा गौतमले बताए । पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिए पनि पटकपटक थप गरी २०७२ असार २५ सम्म पुर्‍याइएको थियो ।

त्यस यता म्याद थप स्वीकृत थिएन । नयाँ डिजाइन स्वीकृति र भेरिएशन भएपछि निर्माणको म्याद आगामी फागुनसम्म पुर्‍याइएको छ । तीनवटा पिलर राख्ने क्रममा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.