भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सशस्त्र प्रहरी अस्पतालमा २ संक्रमितको मृत्यु

सशस्त्र प्रहरी अस्पतालमा २ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुनेमा बालुवाटारका एक र राजविराजका एक पुरुष रहेका छन् ।

बालुवाटारका ७६ वर्षका पुरुषको अस्पताल ल्याइएको एक घण्टामै मृत्यु भएको र जविराजका ७७ वर्षका पुरुष ग्रिनसिटी अस्पतालबाट सशस्त्र प्रहरी अस्पताल रेफर गरिदिएका थिए ।

सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भेन्टिलेटरमा राखिएका उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले बताए । सशस्त्र प्रहरी अस्पतालमा हाल १४० जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये २ जना भेन्टिलेटर र १२ जना आइसीयुमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.