भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

लामो समयदेखि बन्द रहेका दोगडाकेदारका विद्यालय सञ्चालन

लामो समयदेखि बन्द रहेका दोगडाकेदारका विद्यालय सञ्चालन

बैतडी । लामो समयदेखि बन्द रहेका दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएका छन्। कोरोना कहरले विगत लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले सोमबारदेखि विद्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। कक्षा १ देखि १० सम्मका विद्यालयहरु सोमबारदेखि सञ्चालनमा आएको र कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १२ को परीक्षा परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ देखि सञ्चालनमा आउने जनाइएको छ।

विद्यालय सञ्चालनमा रहेका बेला सेवा क्षेत्रभित्र वा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकमा कोरोना देखिएमा अवस्था हेरेर विद्यालयले निर्णय गरेर विद्यालय बन्द गर्न सक्ने गाउँपालिकाले जनाएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। उनले भने, ‘लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन भइ पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी भएका छन्।’ दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र तीन संस्थागत विद्यालयमा गरी ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.