भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

लिफ्ट प्रणालीबाट खानेपानी

लिफ्ट प्रणालीबाट खानेपानी

डोटी । शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ । उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको समस्या भएपछि नगरपालिकाले लिफ्ट प्रविधिको खानेपानी योजनामार्फत नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाएको छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र नगरपालिकाको संयुक्त लगानीमा रु ३६ लाख ३४ हजार ८८८ को लागतमा उक्त लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माण भएसँगै वर्षौँदेखिको खानेपानीको समस्याबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।

चुडी गाउँमा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भई धारामा पानी आउन थालेपछि पानीका लागि एक घण्टा पैदल हिँड्नुपर्ने यहाँका नागरिकको समस्या समाधान भएको स्थानीयवासी डिल्लीराज फुलाराले बताउनुभयो । उक्त खानेपानी आयोजनाबाट स्थानीय ७० घर परिवार र एउटा स्कुलले सुविधा पाएका छन् ।

गाउँको बस्ती भन्दा कम्तिमा पनि २८२ मिटर तल रहेको मुहानबाट लिफ्ट प्रविधिबाट तानेको पानीलाई ट्याङ्कीमा भण्डारण गरी वितरण गरिएको उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले बताउनुभयो । उहाँका अनुसार उक्त आयोजनाअन्तर्गत गाउँ भरमा १२ धारा निर्माण गरिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.