भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा

काठमाण्डौ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनसँग १(१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि समान २० अंक भएपनि टोटनह्यामसँग गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा थियो । लिभरपुल २१ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुलका लागि ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए । मोहमद सलाहको पासमा उनले गोल गरेका थिए ।

९१ औं मिनेटमा ब्राइटनका पेशक ग्रोबले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक(एक गोल गरे । त्यस्तै राती भएका खेलमा लिड्स युनाइटेडले एभर्टन र वेस्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १-० ले हराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.