भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा

काठमाण्डौ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्राइटनसँग १(१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि समान २० अंक भएपनि टोटनह्यामसँग गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा थियो । लिभरपुल २१ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुलका लागि ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए । मोहमद सलाहको पासमा उनले गोल गरेका थिए ।

९१ औं मिनेटमा ब्राइटनका पेशक ग्रोबले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक(एक गोल गरे । त्यस्तै राती भएका खेलमा लिड्स युनाइटेडले एभर्टन र वेस्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १-० ले हराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.