भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गर्नुभएको छ । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गर्नुभएको छ । अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने कार्य जारी छ ।

निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ ।

प्रदेशसभा सदस्यका लागि क गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ख र कोभिड सङ्क्रमितका लागि ग मतदान केन्द्र तोकिएको हो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहनुभएको छ । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीजसपा र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.