भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वकिलहरुको कुटाकुटबारे यस्तो व्यङ्ग्य (भिडियाेसहित)

वकिलहरुको कुटाकुटबारे यस्तो व्यङ्ग्य (भिडियाेसहित)

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई वकिलबीच भएको कुटाकुटबारे कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष प्रहार गरेका छन् । गिरीले घटनाको कटाक्ष गर्दै ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार तथा निर्माता गिरीले ”क़ानून ब्यबसायीहरू को संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो’ भनेका छन् ।

त्यस्तै सोही घटनाबारे हाँस्य कलाकार केदार घिमिरे ९माग्ने बुडा० ले पनि व्यङ्ग्य गर्दै फेसबुकमा स्ट्याटस् लेखेका छन्’नेपाल बार नाम राखेचन्, नेपाल वार राख्नु परो’ । बार एशोसियसनको परिसरमै शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । उनीहरुबीच कुटाकुट भएको भिडियो भाइरल भइरहेको छ ।

यस्तो छ भिडियोः

 


Thali Mobile Pvt.Ltd.