भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

वकिलहरुको कुटाकुटबारे यस्तो व्यङ्ग्य (भिडियाेसहित)

वकिलहरुको कुटाकुटबारे यस्तो व्यङ्ग्य (भिडियाेसहित)

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई वकिलबीच भएको कुटाकुटबारे कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष प्रहार गरेका छन् । गिरीले घटनाको कटाक्ष गर्दै ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार तथा निर्माता गिरीले ”क़ानून ब्यबसायीहरू को संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो’ भनेका छन् ।

त्यस्तै सोही घटनाबारे हाँस्य कलाकार केदार घिमिरे ९माग्ने बुडा० ले पनि व्यङ्ग्य गर्दै फेसबुकमा स्ट्याटस् लेखेका छन्’नेपाल बार नाम राखेचन्, नेपाल वार राख्नु परो’ । बार एशोसियसनको परिसरमै शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । उनीहरुबीच कुटाकुट भएको भिडियो भाइरल भइरहेको छ ।

यस्तो छ भिडियोः

 


Thali Mobile Pvt.Ltd.