भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाइ

हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाइ

काठमाडौँ, । विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ । कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । यस अघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसक्नुभएको छ ।

पोखराका हेमबहादुर प्रधानले आफना आमा बुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । कार्यक्रममा शताब्दि पुरुष जोशीले समाज सुधार र राष्ट्रको निमित्त घिमिरेले गर्नुभएको काम प्रशंसनीय रहेको बताए। एबीसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहनुभएकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरुलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.