भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण

वडा सदस्यका उम्मेदवारसहित २ जनामाथि आक्रमण

धनुषा । एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि खुकुरी आक्रमण भएको छ ।

कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको प्रहरीको भनाइ छ ।

घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको हो । यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि आक्रमण भएको छ ।

आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.