भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राहतले बढाएको छ रामपुरका महिलाको आत्मबल

राहतले बढाएको छ रामपुरका महिलाको आत्मबल

पाल्पा । रामपुर नगरपालिका–८ एक्लेटारकी सीता अर्याल घरेलु हिंसाबाट पीडित हुनुहुन्छ । उहाँका १७ र १५ वर्षका दुई छोरा छन् । यी छोराको शैक्षिक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा उहाँ हुनुहुन्छ ।श्रीमान्को यातना भोग्दै आउनुभएकी अर्याललाई रामपुर नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोषअन्तर्गत रु दश हजार सहयोग गरेको छ । खाद्यान्न व्यवस्थापन र कानुनी सहायताका लागि सो रकम बुझेपछि उहाँ खुसी हुनुहुन्छ । “केही भए पनि दुःखको अवस्थामा पाएको रकमले ठूलो राहत मिलेको छ, सो रकम छोराको पढाइमा खर्च गर्छु, हामीजस्ता घरेलु हिंसामा परेका महिलालाई यस्ता सहयोगले आत्मबल बढाएको छ, सीपमूलक कार्यक्रम पाएमा हामी आफैँ स्वावलम्बी बन्ने थियौँ”, उहाँले भन्नुभयो ।दुई छोराको पालनपोषण, शैक्षिक खर्च जुटाउन अर्याललाई समस्या छ । दुई दशक अघि बिहे गर्नुभएकी उहाँले केही समयसम्म श्रीमान्को यातना सहेर बस्नुभयो । अहिले भने उहाँ न्यायका लागि रामपुर नगरपालिकाको न्यायिक समिति समक्ष गुहार मागिरहनुभएको छ । अर्याल भन्नुहुन्छ, “जागिर केही पाइयो भने छोराहरु पढाउने खर्च जोहो हुन्थ्यो, श्रीमान्ले जहिल्यै यातना दिनुहुन्छ, गाउँमा केही रोजगार पाए गर्छु, नत्र विदेश नै भए पनि जानुप¥यो ।”रामपुर–२ तिलिङ्डाँडाकी सरस्वती थापालाई नगरपालिकाले रु १२ हजार सहयोग गरेको छ । खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायताबापत सो रकम नगरले उहाँलाई प्रदान गरेको हो । जेठो छोराको कान नसुन्ने समस्या छ भने कान्छो छोरा अशक्त छन् । थापालाई दुई सन्तानको पालन पोषण कसरी गर्ने भन्ने चिन्ता छ । “परिवारमा कमाएर देला भन्ने कोही छैन, आफूलाई पालनपोषण गर्लान् भनेको त दुई छोरा शारीरिक अशक्त हुँदा आफैँ खट्नुपरेको छ, समस्यामा परेको बेला स्थानीय सरकारले गरेको सहयोगले ठूलो राहत मिलेको छ”, उहाँले भन्नुभयो ।

सोही ठाउँकै बेलिसरा थापाले रु आठ हजार बुझेपछि उहाँ औधी खुसी हुनुहुन्छ । दुई पैसा कमाएर दिने कोही नभएको बेला स्थानीय सरकारले दिएको रकमबाट उहाँ हर्षित हुनुहुन्छ । सो रकम पाउँदा केही दिन भए पनि बिहान साँझ सजिलोसँग गुजारा चलाउन सजिलो पर्ने थापाले बताउनुभयो । आठ वर्ष अघि श्रीमान्को मृत्यु भएपश्चात् उहाँ तीन छोराछोरीको साथमा हुनुहुन्छ । परिवारमा कमाउने सदस्य नहुँदा बिहान साँझकै दैनिक गुजाराकै समस्याले उहाँलाई सताइरहेको हुन्छ । स्थानीय सरकारले गरेको सहयोगले दुःखमा परेका नागरिकलाई जीवन जिउन हौसला मिलेको उहाँले बताउनुभयो ।रामपुर–६ तिलकपुरकी ३० वर्षीया सरिता कुमाललाई दैनिक छाँक टार्नै धौधौ पर्छ । श्रीमान् बेपत्ता भएपछि दुई छोराछोरीको अभिभावकत्व बहन गर्दै आउनुभएकी कुमाललाई नगरपालिकाले खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापनका लागि रु आठ हजार उपलब्ध गराएको छ ।उहाँ आफैँ पनि कान नसुन्ने र स्पष्टसँग आवाज निकालेर बोल्न नसक्ने हुनुहुन्छ । तै पनि दुई सन्तानको पालनपोषणको जिम्मेवारी उहाँको काँधमा छ । छोराको पनि आँखा नदेख्ने समस्या छ । नगरपालिकाबाट प्राप्त रकमले छोराको औषधि उपचार र खाद्यान्नमा खर्च गर्ने कुमाल बताउनुहुन्छ ।रामपुर नगरपालिकाले अतिविपन्न लैङ्गिक हिंसा पिडित व्यक्तिको अवस्था हेरेर राहत उपलब्ध गराएको हो । खाद्यान्न तथा बालबालिकालाई पोषण व्यवस्थापन, शिक्षा सहजता, कानुनी सहायता, औषधि उपचार खर्चका लागि चालु आर्थिक वर्षमा २६ महिलालाई रु दुई लाख १७ हजार उपलब्ध गराइएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले जानकारी दिनुभयो ।गत आर्थिक वर्षमा पनि सोही शीर्षकमा सात महिलालाई रु एक लाख बराबरको राहत प्रदान गरिएको थियो । घरेलु हिंसाबाट पीडित, श्रीमान्ले दोस्रो विवाह गरेका, खाद्यान्न, औषधि उपचार, बालबालिकाको पठनपाठनमा दुःख भोगेका, आर्थिक अवस्था कमजोर भएकालाई नगरपालिकाले दशवटै वडाबाट सिफारिस गरिएको आधारमा महिलालाई सहयोग गरिएको सहायक महिला विकास निरीक्षक सिर्जना रेग्मी बताउनुहुन्छ ।घरेलु हिंसामा परेका, दुःख पाएका, बिहान साँभmको जोहो गर्नै नसक्ने अवस्थामा रहेका महिलालाई लैङ्गिक हिंसा निवारण कोष खडा गरेर गत वर्षदेखि नै आर्थिक सहयोग गर्ने गरिएको कार्यवाहक नगर प्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.