भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

वर्षामापन र जल सतह मापनकर्तालाई सुरक्षा सामग्री वितरण

वर्षामापन र जल सतह मापनकर्तालाई  सुरक्षा सामग्री वितरण

कञ्चनपुर । मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो ।

रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोविन्द झाले संयुक्तरूपमा व्यक्तिगत सुरक्षा सामग्रीका रूपमा हाते टर्च, गमबुट, हेड टर्च, छाता वितरण गर्नुभएको हो । व्यक्तिगत सुरक्षा सामग्रीसँगै वर्षा मापन र जल सतह मापनकर्तालाई रु एक हजारको रिचार्ज कार्डसमेत उपलब्ध गराइएको छ ।

मनसुनजन्य विपद्का बेला नदीको बहावको अवस्था र वर्षाबारे जिल्ला आपत्कालीन केन्द्रमा सूचना प्रवाह गर्नका लागि सहज होस् भनेर रिचार्ज कार्ड उपलब्ध गराइएको परियोजनाका संयोजक महेश घिमिरेले बताए। उहाँका अनुसार सम्भावित जोखिमबाट जोगाउनका लागि वर्षा मापन र जल सतह मापनकर्ताका लागि बीमासमेत गरिएको छ ।

एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीमा परियोजनाअन्तर्गत ३४ जनाको रु तीन लाखको दुर्घटना बीमा गरिएको छ । पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र डिओसी को समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षा मापनकर्ताको फोन नम्बर मोबाइल नम्बर पुनरावलोकन गर्ने कार्यसमेत सम्पन्न गरिएको छ । मछेली नदीको उद्गमस्थान गोदावरी कोल्मोडा सत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ ।

मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुरूप काम भइरहेको परियोजनाका संयोजक घिमिरेले बताए ।  जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार कञ्चनपुरमा मनसुनजन्य विपद्बाट ११ हजार ८२५ घरघुरीका ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।

शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइँदै

शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान र विद्यालयका समायोजनको प्रक्रिया अगाडि बढाइएको छ । सो कार्यका लागि उपसमिति ९कार्यदल० गठन गरी कार्य अगाडि बढाइएको हो । शिक्षा विभागद्वारा जारी गरिएको कार्यविधि, निर्देशिका र परिपत्रका आधारमा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्यलाई अगाडि बढाइएको नगर शिक्षा समितिका सदस्य लोकेन्द्र ऐरीले बताए ।

शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनका लागि गठित उपसमितिले नगरप्रमुख दिलबहादुर ऐरलाई प्रतिवेदन बुझाएको छ । बुझाइएको प्रतिवेदनका आधारमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको कार्यलाई अगाडि बढाइने तयारी भइरहेको उहाँले बताउनुभयो । “शिक्षक दरबन्दी मिलानको आधार विद्यार्थी सङ्ख्यालाई लिएका छौँ”, उहाँले भन्नुभयो, “प्रतिकक्षामा न्यूनतम ५० विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ ।”

विद्यार्थी सङ्ख्याकै आधारमा शिक्षक दरबन्दी मिलानको कार्यलाई समेत अगाडि बढाइने उहाँको भनाइ छ । “कुनै विद्यालयमा थोरै शिक्षक धेरै विद्यार्थी र कुनैमा थोरै विद्यार्थी धेरै शिक्षक कार्यरत रहेको उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको अनुपातमै शिक्षक दरबन्दी मिलान हुन्छ ।”

उहाँका अनुसार विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै रहेका र नजिकै अर्को सामुदायिक विद्यालय रहेको अवस्थामा थोरै विद्यार्थी रहेका विद्यालयलाई समायोजन गरिने छ । विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानका लागि कार्यविधि र अन्य मापदण्ड निर्धारण गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ ।

शिक्षालाई गुणस्तरयुक्त र विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाउनका लागि यस कार्यले सघाउ पु¥याउने नगरप्रमुख ऐरले बताउनुभयो । नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन् । आधारभूत तहमा अध्ययन हुने १९ र माध्यमिक तहमा अध्ययन हुने १३ विद्यालय छन् । बालविकास केन्द्र ६५ वटा रहेका छन् ।

आधारभूत तहमा स्वीकृत दरबन्दी ८९ र माध्यमिक तहमा आठ रहेका छन् । यसैगरी राहत कोटा आधारभूत तहमा ७५ र माध्यमिक तहमा १६ रहेका छन् । निजी स्रोतमा कार्यरत शिक्षकको सङ्ख्या भने ८८ रहेको छ । चालु शैक्षिक सत्रमा आधारभूत तहदेखि माध्यमिक तहसम्ममा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने १६ हजार १७ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.