काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै छ । आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको स्रोतले बतायो । बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।
गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । आजको बैठकमा उनले विश्वासको मत लिनेछिन् । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
