हरेक वर्ष शुभकामना सन्देशमा सीमित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

हरेक वर्ष शुभकामना सन्देशमा सीमित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

काठमाडौं । नेपालमा ९ वर्षको अवधिमा छुवाछुत सम्बन्धी २ सय २५ घटना भएका छन् । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिपनि पछिल्ला ९ वर्षको अवधिमा २ सय २५ घटना घटेका छन् ।

हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिएपनि यो दिवसको अवसरमा देशका प्रधानमन्त्री, राष्ट्रपतिले शुभकामना सन्देश दिने बाहेक अरु हुन सकेको छै यसपालि पनि दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील हुन सबैलाई आह्वान गरेकि छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य काम भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपाल छुवाछुतमुक्त घोषणा भएको शनिबार १६ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । २०५८ साल साउन ३२ गते छुवाछुत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो ।

सन् २०२० मा राष्ट्र सङ्घले गरेको सर्वेक्षण अनुसार ९७ प्रतिशत दलित जातीय विभेद र छुवाछुतबाट पीडित रहेका छन् । तर तीमध्ये धेरैले उजुरी गर्ने आँट गरेको पाइँदैन । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएपनि समाजमा रहेको सोच र चेतनास्तरका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछुत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन । यो व्यवस्थालाई अझै मानिसहरुले फाल्न सकेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.