काठमाडौं । भारतमा आगामी वर्ष हुने आमचुनाव अघि विपक्षी दलहरु सत्तारुढ भारतीय जनता पार्टी विजेपीविरुद्ध एकजुट हुने प्रयास थालेका छन्। मोर्चाबन्दीको प्रयास थालेका २४ वटा विपक्षी दलको बैठक आज बैंगलोरमा बस्दैछ। बैठक दुई दिन चल्ने भारतीय संचारमाध्यामले जनाएका छन्।
बैंगलोरमा बस्ने बैठकमा चुनावमा सिट बाँडफाँड, मोर्चाको नामाकरणलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
यस मोर्चामा आम आद्मी पार्टी पनि रहने बताइएको छ । दिल्लीमा सरकारको अधिकार कम गर्नेगरी केन्द्रीय सरकारले ल्याएको अध्यादेशको विरोधमा आम आद्मीले कांग्रेसको साथ खोजेको थियो। कांग्रेसले दिल्ली सरकारको मागमा समर्थन जनाएपछि आमआदमी बैठकमा सहभागी हुन लागेको हो।
