भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव

सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर रहेको वडा कार्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालय प्रशासनले जनाएको छ ।विसं २०१८ मा स्थापना भएको यस विद्यालयको भवनमा पिपलका रुख उम्रिनुका साथै जिर्ण अवस्थामा रहेको छ । स्थानीय दिलीप प्रजापतिले भन्नुभयो, “पिल्लर बिनाको ८० वर्ष पुरानो विद्यालय भवन भत्किने होकि भन्ने ठूलो चिन्ता छ ।”

दश कट्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालयमा कक्षा कोठाको समेत अभाव छ । जीर्ण भवनमा जम्मा चार कोठा छन् । त्यसैमा विद्यार्थी र शिक्षकका लागि व्यवस्थापन गरेको विद्यालयका प्रध्यानाध्यापक अयोध्याप्रसाद गौड बताउनुहुन्छ । कक्षा कोठाका झ्यालका ढोका भाँचिएको अवस्थामा छन् । झयालमा जाली छैनन् । शौचालयमा पानी र ढोकासमेत छैन ।विद्यालयमा ९० छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीले पठनपाठन गर्ने गर्दछन् । चार शिक्षकको दरबन्दी रहेको विद्यालयमा विद्यार्थीका लागि आधारभूत आवश्यकतासमेत नरहेको गुनासो छ । विद्यालयमा पठनपाठन गर्न आउने विद्यार्थी अधिकांश न्यून वर्गका रहेका छन् ।यस क्षेत्रका जनप्रतिनिधिसमेत स्कुलको अवस्थाको बारेमा जानकार भए पनि वास्ता नगरेको स्थानीय मो। नसिम खानले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.