भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचोः मन्त्री कार्की

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचोः मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताउनुभयो।

“स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “विपद्का लागि अत्यावश्यक वस्तुको व्यवस्थापनमा कमजोरी हुने छैन ।” जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भए पनि उहाँहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले खबरदारी गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिनुभयो । ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुनकुमार मण्डलले जिल्लामा विपद्बाट भएको क्षति र बचावटसम्बन्धी भए गरिएका कामबारे जानकारी गराउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, रेडक्रस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 


Thali Mobile Pvt.Ltd.