भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

राष्ट्रपति पुटिन र वागनर समूहको भेटवार्ता

राष्ट्रपति पुटिन र वागनर समूहको भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति र येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र निजी सैन्य समुह वागनरका प्रमुख येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको हो । रुसी राष्ट्रपति भवन क्रेमलिनले पनि पुटिन–प्रिगोजिन भेटवार्ताको पुष्टि गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सैन्य कम्पनीका प्रमुखहरुसहित राष्ट्रपति पुटिनले प्रिगोझजिनसँग वार्ता गरेको बताएका हुन ।

दुई साता अघिको सैन्य विद्रोहपछि सार्वजनिक रुपमा देखानपरेका प्रिगोजिनले क्रेमलिनमा पुटिनसँग वार्ता गरेका हुन । सेना र वागनर दुवै पक्ष माृतभूमिको रक्षाका लागि अटल भएर लड्न तयार रहेको पनि क्रेमलिनका प्रवक्ताको दाबी छ ।

भेटवार्तामा युक्रेनको रणक्षेत्रमा वागनरको भूमिकाको मूल्यांकन र जुन २४ ताखिरमा वागनर समूहले गरेको विद्रोहको घटनामा छलफल भएको पनि पेसकोभको भनाइ छ । राष्ट्रपति पुटिनले वागनर समूहको ब्यवस्थापन, उनीहरुको रोजगारी र अब लडाईमा हुनसक्ने संलग्नतालगायतका विषयमा छलफल भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.