भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

मोरङ । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गर्नुभएको थियो ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु १० हजार प्रदान गरिएको छ । दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.