भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

मोरङ । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्का दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गर्नुभएको थियो ।

विराटनगरले यही चैत ३० गते हुने सशस्त्र प्रहरी बल काठमाडौँ र नेपाल प्रहरी काठमाडौँको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच घोषण गरिएका सुनिल खड्कालाई नगद रु १० हजार प्रदान गरिएको छ । दोस्रो क्वार्टरफाइनल खेलअन्तर्गत आज साँझ ७ बजेदेखि शुरु हुने प्रतियोगितामा मच्छिन्द्र क्लब काठमाडौँ र भारतको पञ्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.