चरमरूप लिने संकेत: नेकपा बैठकमा ओली अनुपस्थित

चरमरूप लिने संकेत: नेकपा बैठकमा ओली अनुपस्थित

काठमाडौँ । धुम्बाराहीमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा ओली उपस्थित नभएपछि प्रचण्डले बैठकको अध्यक्षता गरेका छन् ।

कोभिड १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै ओली बैठकमा सहभागी नभएको ओली निकट नेताले बताए । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम आउन सकेको छैन । ओली उपस्थित नभएपछि नेकपामा विवादले चरमरुप लिने संकेत देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.