वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यता असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गताका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ । यसैगरी, निर्वाचनलाई भयरहित शान्ति सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना÷ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समादवादी पार्टी जसपा लोकतान्त्रिक समाजवादी पार्टी लोसपानेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेकोे जनाएको छ ।

पाँच सयमध्ये ७७ मात्र हतियार बुझाइयो

पर्सामा स्थानीय तहको निर्वाचनका लक्षित गरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करिब कूल ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएकोे हो ।जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्रायः सबै एक नाले र दुईनाले बाह्र बोरका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.