काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका छन्। आइतबार बिहान ओलीले नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै चार लाखमा किड्नी फेरेको बताए ।
अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले कोभिड–१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको बताए। प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते शिलान्यास गरेको सो नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा. गौतमले जानकारी दिए ।
