भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

 वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक

 वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक

भक्तपुर । वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कलेज भवन उद्घाटन, दीपावली, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत एवं सांस्कृतिक कार्यक्रम  सम्पन्न गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले पाठ्यक्रम–पाठ्यपुस्तकमा जति राम्रो बनाउने हो त्योभन्दा बढी राम्रो देश विदेशको परिस्थितिबारे जानकार बनाई विद्यार्थीलाई सचेत पारिराख्नुर्नेमा जोड दिए ।

देश र जनताको सेवा गर्ने भावनासहित देशभक्तिको चेत नभएमा हाम्रा विद्यार्थी नै भोलि हाम्रा विरोधी भएर निस्किन सक्छन् । त्यति बेला शिक्षकलाई पछुतो हुन सक्छ भन्दै उनले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता हुनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरुको दवावमा सामुदायिक कलेजलाई  सम्बन्धन नदिएको खुलासा गर्दै बढ्दो सङ्ख्यामा नेपाली विद्यार्थीहरु विदेसिनुमा विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरु नै दोषी रहेकाे बताए ।

हालै कार्यकाल पूरा गरेका त्रिविका उपकुलपतिले आफ्नो कार्यकालको एकतिहाइ समय तालाबन्द भोग्नु परेको भनी बताएबाट त्रिविको स्थिति छर्लङ्ग हुन्छ भन्दै त्रिविका प्राध्यापकहरुले कन्सल्टेन्सीको रकम खाएकै कारण देशका १४४० कलेजमध्ये ५०० कलेज बन्दको स्थितिमा पुगेको जिकिर गरे ।

प्रमुख अतिथि बिजुक्छेंले नवनिर्मित भवनको मूलढोकामा रिवन काट्नुका साथै ताम्रपत्र अनावरण गरे । मङ्गल धुनको पृष्ठमा भएको उक्त कार्यक्रमपछि कलात्मक पानसमा दीप प्रज्वलन गरी समारोह पनि उद्घाटन गरे ।

समारोहमा भवन निर्माणमा योगदान दिने इन्जिनियरद्वय गङ्गासागर प्रजापति र अमोद उलकलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो भने निर्माण व्यवसायीद्वय प्रदीप गौतम र नरेश त्वायनालाई पनि मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.