व्यवसायी र मजनदुर नै सडक सुधारमा जुटेपछि…

व्यवसायी र मजनदुर नै सडक सुधारमा जुटेपछि…

लम्जुङ । बाढीले बेशिसहर नगरपालिकाको भकुन्डे खहरे खोला र गैरी खोलाको बाटो बगाए पछि सवारी साधन र आवातजावात समस्या आएको छ । बाटो बनाउँन पटक पटक स्थानीयले आग्रह गर्दापनि सरोकारवालाले सुनुवाई नगर्दा जनजीवन कष्टकर बन्दै गएको स्थानीयले बताएका छन् ।

सम्बन्धित पक्षले सुनुवाई नगरेपछि अहिले यातायात व्यवसायी र मजदुर जुटेर अस्थायी रुपमा भएपनि बाटो बनाउँने काम गरिरहेका छन् । यो बाटो गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका नेता देब गुरुङको निर्बाचन छेत्रमा पर्दछ ।

बाटोको हालत यस्तो छ भनेर भन्दा पनि जनताको गुनासो नसुनेको स्थानीयले गुनासो गरेका छन् । बाटो बनाउँने विषयमा बेवास्ता गरे सडक बन्द गरेर विरोध गर्ने यातायात व्यवसायीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.