भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

शान्ताको हासो: ‘बाँचुला सोचेको थिएन’

शान्ताको हासो: ‘बाँचुला सोचेको थिएन’

काठमाडौं । कोरोना संक्रमण नेगेटिभ आएपछि पुनर्जीवन पाएको नेकपा सचेतक शान्ता चौधरीले बताएकी छन् । १९ असोजमा कोरोना संक्रमण पुष्टि भएकी चौधरी स्वास्थ्य जटिल बन्दै गएपछि २३ असोजमा आईसीयूमा राखेर उपचार गरिएको थियो ।

शुक्रबारको टेष्टमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना महामारीबाट बाँचुला भन्ने सोचेकै थिएन भन्दै उनले पुनर्जीवन पाएको बताएकी हुन् । १९ दिनको अस्पताल बसाइको अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा उनले सामाजिक संजालमा वर्णन गरेकी छन् । ‘वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसुस गर्थें ।

म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसुस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ ।’ चौधरीको रिर्पोट नेगेटिभ आएपनि अस्पतालबाट भने अझै डिस्चार्ज भएकी छैनन् ।

 


Thali Mobile Pvt.Ltd.