भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नयाँ भवनबाट विशेष सेवाकासाथ भैरहवा सुनचाँदी पसल संचालन

नयाँ भवनबाट विशेष सेवाकासाथ भैरहवा सुनचाँदी पसल संचालन

दैलेख । नयाँ भवनबाट विशेष सेवाकासाथ भैरहवा सुनचाँदी पसल दैलेखले सेवा संचालन थालेको छ । नारायण नगरपालिका–१ लोकतान्त्रिक चोक पुरानो बजारमा निर्माण सम्पन्न नयाँ भवनको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले रिवन काटेर पसलको उद्घाटन गरेसंगै सेवा दिन थालिएकाे हाे ।

सेनानी विकेसिंह विश्वकर्मा, प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठ, सशस्त्र प्रहरी नायव उपरीक्षक रञ्जनकुमार बुढाथोकी, दैलेख उद्योग बाणिज्य संघका प्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय उद्योगी व्यापारी लगाएतको सहभागितामा उद्घाटन गरिएकाे कार्यक्रममा सबैले व्यवसायिक सफलताको शुभकामना दिए ।

व्यवसाय गर्ने व्यक्तिले थुप्रै चुनौती र जोखिमसँग जुध्न सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुनारले बताए । कोरोना महामारीको बेला पसल उद्दघाटनमा कसैलाई बोलाउन नसकिएको भैरहवा सुनचाँदी पसलका प्रो प्राइटर एवम दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले बताए । व्यापारी र राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजलगायत सबैलाई निमन्त्रण गर्ने तयारी गरे पनि महामारी फैलीनसक्ने भयले सबै कार्यक्रम स्थगित गरिएको उनकाे भनाइ छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा सेवा दिँदै आएको सुनचाँदी पसलले पुरानो गरगहनासँग नयाँ गरगहना नियमानुसार साट्ने, आकर्षक डिजाइनमा रसायन नहालेर गरगहना निर्माण गर्ने, काँचो एक नम्बर सुनको गरगहना थोक एवं फुटकर बिक्री लगाएतका सेवा प्रदान गर्दै आएको छ । दशैं, तिहार जस्ता नेपालीहरूकाे महान चाडमा सस्ताे एवं सुविधाका साथ सेवा प्रदान गर्ने पसलले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.