काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाले नयाँ वर्ष २०७९ ले सम्पूर्ण नेपालीहरुमा सुख समृद्धि र उमङ्गको शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका हुन ।
राष्ट्रपति भण्डारीले विस २०७९ निर्वाचन वर्ष बन्न गइरहेकाले स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउन् भन्ने कामना समेत गरेकि छन भने प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुभकामना दिंदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेर समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य भएको बताएका छन् । उनले देश विदेशमा रहेका सबै नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त पनि गरेका छन् ।
.
