वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो

वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो

काठमाण्डौ । वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ । काठमाण्डौ उपत्यकासहित वागमती प्रदेशमा सार्वजनिक गाडीको वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।

पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ,१० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.