शुरु भयो नेकपामा अलग अलग बैठक

शुरु भयो नेकपामा अलग अलग बैठक

काठमाडौं । फुटको संघारमा पुगेको नेकपामा ओली पक्ष र प्रचण्ड पक्ष्ले छुट्टा छुट्टै बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा आफु निकटका सांसदहरुको बैठक बोलाएका छन् । निवर्तमान सांसद भन्दै ओलीले आफु निकटका साँसदलाई बैठकबारे एसएमएस पठाएका छन् ।

ओलीले संसद विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई नयाँ तरिका अपनाउन बैठक बोलाएको उनी निकट सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा नेकपाका १७३ सांसदहरु भएपनि ओली अल्पमतमा छन् । ओलिका दम्भ विरुद्ध प्रचण्ड पक्षले ९० सांसदको हस्ताक्षर संकलन गरे पछि नेकपामा खटपट भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.