भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

शे–फोक्सुण्डोको श्री एयरलाई निर्देशन

शे–फोक्सुण्डोको श्री एयरलाई निर्देशन

लुम्बिनी । डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

धो क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो, सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुका कारण केहो भनेर पत्रमा खुलाइएको छ । उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

सात दिनभित्र स्पष्ट जवाफ पेश नगरे कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ । श्री एयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो । ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.