भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा

श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा

पाल्पा, । पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाका कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचारप्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारले रु ६ करोड ८२ लाख ५६ हजार ९१ बजेट विनियोजन गरेको छ । प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले डबलीको काम थालेको हो ।

पाल्पामा निर्माणाधीन डबली सञ्चालनमा आएपछि यहाँको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसर सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले बताए । नयाँ पुस्ताका युवाले बिर्सिएको कला, संस्कृतिसम्बन्धी डबलीमार्फत ज्ञान अभिवृद्धि हुने र कला, सस्कृतिसँग जोडेर स्थानीयवासीको आयआर्जन हुने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए ।

विसं २०७६ असार ८ गते काम सुरु गरी विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले कोभिडका कारण देखाएर आलटाल गरिरहेको बताइएको छ । अबको तीन महिनाभित्र सबै काम पूरा हुने बताइएको छ । निर्माण सम्बन्धी सबै काम पूरा भएको र केही सामान्य काम मात्र बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि दीपक पालले बताए । पर्यटकीय गन्तव्यका रुपमा परिचित पाल्पामा रानी महल, पाल्पा दरबार, भैरव मन्दिरलगायतका ऐतिहासिक सम्पदा अवलोकन गर्न पर्यटक पाल्पामा घुमफिर गर्छन् । यो डबलीबाट पाल्पाका विभिन्न जातजातिको कला, संस्कृति प्रदर्शन गरेर पर्यटन आकर्षण गरी जिल्लामा पर्यटकको चहलपहल ल्याउन थालिएको हो ।

 


Thali Mobile Pvt.Ltd.