भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्रीमानको कुटाइबाट घाइते भएकी माझीको उपचारका क्रममा मृत्यु

श्रीमानको कुटाइबाट घाइते भएकी माझीको उपचारका क्रममा मृत्यु

चितवन । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ । चितवन खैरहनीकी माझीको गएराति भरतपुर अस्पतालमा मृत्युु भएको प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

खैरहनी नगरपालिका वडा नम्बर १० कठारकी ३८ वर्षीया माझीलाई उनका श्रीमान रामचन्द्र माझीले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि गीता गम्भीर घाइते भएकी थिइन् ।गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

पटक–पटक उनी कुटपिटबाट घाइते भएकी भनेर स्थानीयले बताएका छन् । बिहीबार घाइते उनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको थियो । सोमबार राति ११ बजेतिर एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

गीताका श्रीमान रामचन्द्र अहिले प्रहरी हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।

जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको जनाएको छ । रक्सी खाने पैसा नदिएको भनेर गीतालाई कुट्ने गरेको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.