भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

इलाका प्रशासन पुनःस्थापनाको माग

इलाका प्रशासन पुनःस्थापनाको माग

राँझा, । बाँकेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनःस्थापना नहुँदा स्थानीयवासीलाई कठिनाइ भएको छ । नरैनापुर गाउँपालिका–४ मा रहेको इलाका प्रशासन कार्यालय २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा विस्थापित भएको थियो । त्यसयता स्थानीय सरकारको रुपमा गाउँपालिका कार्यालय स्थापना भइसके पनि इलाका प्रशासन कार्यालय भने हालसम्म पुनःस्थापित हुन सकेको छैन । इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता प्रमाणपत्र बनाउनेलगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएको स्थानीय सोहनलाल यादवले बताए ।

उनले अहिले नागरिकता बनाउन सदरमुकाम नेपालगञ्ज आउनुपर्दा जनतालाई समय र आर्थिक भार पर्ने गरेको उल्लेख गर्नुभयो । इलाका प्रशासन नहुँदा खासगरी वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति नेपालगञ्ज आवतजावत गर्न नसक्ने कारणले नागरिकता बनाउन नसकी सामाजिक सुरक्षा भत्तालगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएको उनको भनाइ छ । इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका छन् ।

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्रलगायतका सेवा सुविधा सरल, सुलभ तरिकाले उपलब्ध गराउने व्यवस्था मिलाउन नरैनापुरवासीले ज्ञापनपत्र बुझाएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए। उनले नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको लागि गृहमन्त्रालयमा कर्मचारी माग गरिसकेकाले अब छिट्टै स्थापना हुने बताए । “त्यहाँको कार्यालय प्रमुख तोकिसकेकाले नागरिकतामा सही गर्ने मान्छे छैन, हामीले गृहमन्त्रालयमा माग गरिसकेका छौँ”, उनले भने, “मन्त्रालयले तोकेर पठाउनासाथ इलाका प्रशासन कार्यालय सुचारु हुनेछ ।” सदरमुकाम नेपालगञ्जबाट करिब ४४ किलोमिटर टाढा रहेको नरैनापुर बाँकेको दुर्गम क्षेत्र मानिँदै आएको छ । डेढ वर्ष अघिमात्रै त्यहाँ सडक र विद्युत् सेवा पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.