भर्खरै : Sorry, your browser does not support inline SVG.
गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य | आफ्नो पीडा भुलेर नागरिक बचाउन अहोरात्र खटिँदै नेपाल प्रहरी | ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो | ११४ किलो गाँजासहित धादिङका २१ वर्षीय युवक पक्राउ | अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि अन्योलमा राष्ट्रिय परीक्षा बोर्ड, अझै खुलेन आवेदन | ट्रम्पको अभिव्यक्तिपछि फकल्यान्डलाई लिएर अर्जेन्टिना–बेलायत तनाव चर्कियो | परेवाभिरमा १२ घण्टा सडक बन्द, क्षतिग्रस्त सडक मर्मत हुँदै |

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

काठमाण्डौ । अमेरिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकाङ्क्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिका रहेको छ । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन मङ्गलवार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.