काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको भइरहेकाे छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा Buy one get one facility उपलब्ध गराउदै वुलिङ एयर ईभीकाे बिक्री वितरण गरिरहेकाे हाे । Buy one get one free facility अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन् । याे याेजना अन्तर्गत ग्राहकले वुलिंगको स्टलबाट नै EMI १७, ९२५ काे फाइनान्स सहपत गाडी एस्क्चेंजको सुबिधा समेत पाउँने छन् ।
त्यस्तै वुलिगको स्टलमा देशको संस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्द्धन होस् भनेर कम्पनीले फाेटाे प्रदर्शनीमा राखेको छ । कम्पनीले जनकपुरधाम, कुमारी,स्वयम्भु, बसन्तपुर दरबार, डमरुलगायतका प्रदर्शनीमा राखेकाे छ । कम्पनीले २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेकाे बताएकाे छ । नेपाली बजारमा यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।
नाडा शोमा वुलिंगको स्टलमा यी कार बुकिंग गर्ने ग्राहकको भिड रहेकाे छ भने अहिलेसम्म ५९ ओटा बुकिंग भैसकेको छ । वुलिंग १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोटबाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट हो | वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल Wuling BINGO four door EV पनि लन्च गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी दिए ।
