भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

संसदकै झल्को दिनेगरी सम्पन्न भयो पनौती नगरपालिकाको हिउँदे अधिवेशन

संसदकै झल्को दिनेगरी सम्पन्न भयो पनौती नगरपालिकाको हिउँदे अधिवेशन

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले हिउँदे अधिवेशन सम्पन्न गरेको छ । नगरपालिकाको हिउँदे अधिवेशनले संसदको झल्को दिनेगरी सम्पन्न गरेको हो ।

आफूलाई अब्बल रुपमा सावित गर्न जनमुखी बजेट ल्याएर जनताको मन जित्न सफल पनौती नगरपालिकाले हरेक काम समयमै गर्ने र पारदर्शी तरिकाले गरिहेको छ । नगरप्रमुख भिम न्यौपानेको सभाध्यक्षमा सम्पन्न अधिवेशनमा विभिन्न विधेयकहरु प्रस्तुत भएका थिए ।

विधेयकमा मानवअधिकार तथा न्यायमैत्री नगरपरिषद्का लागि स्थानीय संयन्त्र गठनका लागिसमेत उप–प्रमुख गीता बञ्जाराले प्रस्ताव गरेकी थिइन् । नगर सभामा १२ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो धारणा राख्नुका साथै पनौती नगरपालिकालाई जनतासंग जोड्न हरसम्भव कोशिस गरेका छन् ।

वडा अध्यक्ष किशोर थापाले गत आर्थिक वर्षको भौतीक तथा विक्तिय प्रगति प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव, वडा अध्यक्ष रामचन्द्र नास्नानीले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन, वडा नम्वर ४ का वडा अध्यक्ष वुद्धसिं थापाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण प्रतिवेदन, वडा अध्यक्ष श्रीधर पाध्या कुइकेलले कार्यपालिका बैठकमा भएका निर्णय अनुमोदन सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै वडा अध्यक्ष केशव बञ्जाराले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक, वडा अध्यक्ष गुणनाथ सापकोटाले नगर युवा तथा खेलकुद परिषद विधेयक, वडा अध्यक्ष तारामान लामाले वन विधेयक, वडा अध्यक्ष इश्वरराज जंगमले खानी तथा खनिज पदार्थ सम्बन्धि व्यवस्थापन गर्न बनेको विधेयक, वडा अध्यक्ष मोहन बहादुर भण्डारीले नगर अस्पताल निर्माणका लागि जग्गा अउपब्ध गराउने सम्झौता अनुमोदन सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चरा संरक्षण सम्बन्धि विशेष प्रस्ताव र वडा अध्यक्ष सहकुल कुमार हुमागाँईले कृषि पकेट क्षेत्र घोषणा सम्बन्धि विशेष प्रस्ताव सभामा पेश गरेका थिए । अधिकांश वडा अध्यक्षले नगर प्रमुख भिम न्यौपानेको राम्रा कामको प्रशंसा गर्नमै समय खर्च चरेका थिए ।

पर्यटन पर्वद्धनमा पनौतीले विशेष भूमिका खेल्नु पर्ने भन्दै सुरुङमार्ग निर्माण गरि उपत्यका प्रवेशमा सहजता प्रदान गर्न नगरप्रमुखलाई ध्यानाकर्षण समेत वडाध्यक्षले गराएका थिए ।panauti

 


Thali Mobile Pvt.Ltd.