भर्खरै : Sorry, your browser does not support inline SVG.

मानन्धर हत्यामा संलग्न दुई पक्राउ

मानन्धर हत्यामा संलग्न दुई पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । विसं २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ ।

नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए । रासस

 


Thali Mobile Pvt.Ltd.